ग्लोबल छनोटमा पुग्न सिंगापुरले नेपाललाई दियो १ सय ९२ रनको विशाल लक्ष्य
युवा खेलाडी टिम डेविडले उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी २० आईमा पाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो उसका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको महत्वपूर्ण योगदान दिए । १८ ओभरको दोस्रो बलमा अभिनाष बोहोराले ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराउनु अघि डेविडले ४३ बलमा ८ चौका ३ छक्का प्रहार ।
करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।तर रोहन रङ्गराजन र टिम डेविडले दोस्रो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल तर्फ लम्काएका थिए । यी दुईबीचमो साझेदारी ११ औं ओभरको चौथो बलमा अभिनाष बोहोराले रोहनलाई शरद भेषवाकरबाट ४९ रनमा क्याच आउट गराउँदै तोडेका थिए । रोहनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे
तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीको नाममा विकेट रह्यो । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी भने विकेट विहीन हुन पुगे ।
July 28, 2019 11:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने