

नेकपा केन्द्रीय सचिवालय बैठक : यस्ता महत्वपूर्ण निर्णय लिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ ।अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गर्ने सहमति भएको एक नेताले बताए । स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी परेपछि नेकपाले जिल्ला इञ्चार्ज टुंगो लगाए पनि विभाग प्रमुखहरु टुंग्याउन सकेको छैन । स्कुल विभागको विवाद भने इगोका रुपमा बढेको र व्यक्तिगत तहमा आरोप प्रत्यारोप भएको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार पनि बीचको बाटो खोज्न छलफल गरेका थिए । विवाद बढिरहे तत्काल सो विभागको प्रमुख कसैलाई नबनाइ अध्यक्षहरुले नै राख्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
अध्यक्ष र महासचिवले कुनै विभाग नलिने समझदारी रहे पनि स्कुल विभागलाई विवादित बनाइएपछि यो विकल्पमा छलफल भएको हो । यद्यपि, आज बस्ने सचिवालय बैठकमा अन्य विकल्पमा समेत छलफल हुने एक नेताले बताए । सचिवालयकै सदस्यमध्ये झलनाथ खनालले सो विभाग आफूलाई दिए स्वीकार गर्ने बताइसकेका छन् । नेकपाले राजधानी विशेष प्रदेश कमिटी गठनका बारेमा पनि गृहकार्य गरेको छ । राजधानी काठमाडौंमा रहेका मजदुर,युवा विद्यार्थी, पेशागत जिल्ला कमिटीहरूलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी गठन हुने भएको छ । यसको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन ।
आयोग र परिषदमा को–को ? : यसैबीच, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको पनि सम्भवतः सचिवालय बैठकले आजै घोषणा गर्नेछ । तीनवटा आयोगमध्ये दुई अध्यक्ष पूर्वएमाले र एउटा पूर्वमाओवादीले पाउने समझदारी भएको छ । यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् । अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा. पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । त्यस्तै, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् । बडाल पूर्व एमाले हुन् भने प्रसाई पूर्व माओवादी हुन् ।
July 28, 2019 12:17 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

