सोयाबिनले हाम्रो शरीरमा ल्याउने हानी, यस्ता अवस्थामा भुलेर पनि खान हुँदैन
सोयाबिनलाई मासुको विकल्पमा प्रयोग गरिने पाइन्छ । दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन र पोषक तत्व पाइने हुनाले शाकाहारीहरुले धेरै जसो सोयाबिनलाई तरकारीको रुपमा प्रयोग गरेको पाइन्छ । सोयाबिनमा प्रोटिनका साथै ‘भिटामिन बी’, ‘भिटामिन ई’, ओमेगा ३, ओमेगा ६, फाइबर को मात्रा प्रचुर मात्रामा हुन्छ । यसको प्रयोगले शरीरमा उर्जा प्रदान गर्नुका साथै शरीरको विभिन्न रोगहरुलाई समेत भगाउन मद्दत गर्छ ।
यसको सेवनले हाम्रो शरीरमा एमिनो एसिडको कमी पुरा गर्नुका साथै हाम्रो दिमाग, नङ, कपाल, दाँत तथा हड्डीलाई पनि बलियो राख्दछ । यसको सेवनले हामो रगतलाई सफा राख्नुका साथै एस्ट्रोजन हर्मोनले अनुहारमा भएको दाग र चाउरिपनाबाट छुटकारा दिन्छ । यसले हाम्रो शरीरको कमजोरी हटाएर हामीलाई एनेमियाका साथै विभिन्न प्रकारको क्यान्सर समेत हुन दिदैन ।
तर, हरेक कुराको फाइदा संग संगै बेफाइदा पनि हुने गर्छ । हाम्रो शरीरमा चाहिने भन्दा प्रोटिनको मात्रा धेरै भएको खण्डमा हाम्रो शरीरको सन्तुलन बिग्रन गइ हामीलाई धेरै रोगहरु समेत लग्न सक्छ । मृगौला सम्बन्धि रोग वा कुनै समस्या भएको खण्डमा सोयाबीनको सेवन नगरेको राम्रो । मृगौलाले शरीरमा भएको प्रोटिनलाई पनि फिल्टर गर्नु पर्ने हुदा शरीरमा एकैपटक धेरै मात्रामा प्रोटिनको प्रवेश हुदा मृगौलामा भार पर्न गइ मृगौला समेत फेल हुने सम्भावना हुन्छ ।
सोयाबीनमा पाइने एमिनो एसिडले शरीरको थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई प्रभावित गर्ने गर्छ । शरीरमा थाइरोक्सिन हर्मोनको मात्रामा कमी वा वृद्धि हुदा यसले थाइराइड रोगलाई बढाउने गर्छ । त्यसकारण, थाइराइडका बिरामीले सोयाबीनको सेवन गर्नु उचित मनिन्दैन । यसको नियमित सेवनले स्तन क्यान्सरको जोखिम बढाउने गर्छ
सोयाबिनमा ट्रान्स फ्याटको मात्रा निकै कम हुने भएकोले यो हाम्रो मुटुका लागि राम्रो मानिँदैन । यसले हाम्रो शरीरमा रगतको चाप बढाउने काम गर्नुका साथै यसले विभिन्न मुटुजन्य रोगहरु निम्त्याउने गर्छ । सोयाबीनमा पाइने एमिनो एसिडले पेटमा हुर्किरहेको शिशुको विकासलाई रोक्ने काम गर्ने हुदा गर्भवती महिलाहरुले सोयाबिनको सेवन गर्नु उचित हुँदैन ।
July 28, 2019 12:33 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड