दोहामा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको १३ औं स्थापना दिवस मनाइयो ।
दोहा, कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको “१३ औं स्थापना दिवस कार्यक्रम २०१९” महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल ज्युको अध्यक्षता ,विशेष सल्लाहकार सियाराम चौधरीको प्रमुख आतिथ्यमा , सल्लाहकारहरुको विशेष आतिथ्य र विभिन्न मातृ सस्थाहरुको आतिथ्यमा दोहा स्थित द गोर्खा रेस्टुरेण्टमा अत्यन्तै सौहार्द्द वातावरणमा सभ्य र भव्य रुपमा आज मिति २६ जुलाई २०१९ शुक्रवारका दिन सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघ कतारमा आबद्ध १० वटा जातीय संस्थाहरुले सहभागिता जनाएका थिए । किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार, किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवा पुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतार र नेपाल सेर्पा किदुग दोहा कतारको उपस्थिति रहेको थियो ।

बिगतमा रक्तदान जस्ता विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको महासंघ कतारले १३ औं स्थापना दिवस आज एक औपचारिक कार्यक्रम गरि मनाएको छ र अन्त्यमा, आदिवासी जनजाति महासघ कतारका अध्यक्ष शिवकुमार भुजेलले कार्यक्रममा उपस्थित सम्पुर्ण मातृसंस्था लगायत कतारमा स्थापित अन्य संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा एकबद्धता जनाउनु हुने सम्पूर्ण संस्था प्रमुख तथा प्रतिनिधिहरु र सामाजिक व्यक्तित्वहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।
शंकरमान राई
महासचिव
किरात राई यायोक्खा शाखा कतार ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर