एनआरएनए एनसिसि कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा।
कुवेत -गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी ०२ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले जानकारी दिएका छन् ।
उक्त महाधिवेशनले एनसिसि कुवेतको नया कार्यकाल २०१९/२०२१ को लागि नया कार्यसमिति चयन गर्नेछ । कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको छ यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले हार्दिक अनुरोध गरेको छ । साथै उपस्थितले अनिवार्य पञ्जिकृति सदस्य भरेको हुनुपर्नेछ ।
मिति : ०२ अगष्ट २०१९
समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.
हरि लावती
कार्यक्रम संयोजक
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर