एनसीसी कुवेतको उपाध्यक्ष पदबाट उमेश पुडासैनीको उम्मेदवारी फिर्ता
कुवेत- एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ ।
नयाँ बन्ने कार्य समितिमा उपाध्यक्ष पदको एक सिट छोडेर अन्य पदमा सिट अनुसारकै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष पदको लागि ३ जना उम्मेदवारहरु क्रमशः उमेश पुडासैनी, होम नाथ गिरी र राना ध्वज लामाको उम्मेदवारी परेको थियो ।
एक पदको लागि ३ जनाको उम्मेदवारी परेपछि आपसी छलफल र सहमतिमा निर्विरोध उम्मेदवार बनाउन निकै नै कसरत चलेको थियो । पुडासैनीले उम्मेदवारी फिर्ता लिएपछि अब बाँकी रहेका २ जना उम्मेदवारहरु उपाध्यक्ष पदको प्रत्यासीको रुपमा मैदानमा रहेका छन् । उनीहरु बिच पनि छिट्रटै नै सहमति हुने विश्वास गरिएको छ ।
July 31, 2019 8:33 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो