आइटम गर्ल राखी सावन्तले यसरी बिहे गरेको खुलासा : यस्ता रहेछन् श्रीमान्
मुम्बई । समयसमयमा विवादमा पर्दै आएकी बलिउड अभिनेत्री राखी सावन्तको विवाहको खबर बाहिर आएको छ । बलिउडमा आइटम गर्लको परिचय बनाएकी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भएपछि नयाँ खुलासा भएको हो । सामाजिक सञ्जालमा उनका सर्मथकहरुले तस्वीरसहित विवाहको कुरा भाइरल बनाएसँगै समाचार प्रकाशित भएका खबरहरु पनि बाहिर आएका छन् । राखीले एक जना एनआरआईसँग विवाह गरेको खबर प्रकाशित गरेका थिए ।
उक्त खबर भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् । विवाह गरेको खबरलाई उनले ठाडै अस्विकार गरिदिए पछि घटना अर्कै मोडमा पुगेको छ । राखीले विवाह गरेको खबर प्रकाशित गर्ने अनलाइन पत्रिकाहरुमा उनले गैर आवासीय भारतीयसँग गोप्य रुपमा विवाह गरेको, विवाह मुम्बईको जे डब्लू मेरियट होटलमा गत आईतबारका दिन भएको तथा वैवाहिक समारोलाई पूर्ण रुपले गोप्य राख्नका लागि परिवारका सदस्यहरु मात्र उपस्थित भएको उल्लेख गरिएको थियो ।
राखीका अनुसार उनले रियलमा नभई रिलमा विवाह गरेकी हुन् । यो भन्दा भारतीय कलाकार दिपक कलालसँग नाम जोडिएकी राखीको चर्चा उनले दिने बयानका कारण हुने गर्दछ । दुलहीको पहिरनमा आफु एउटा प्रोडक्टको फोटोसेसन गरिरहेको थिएँ । त्यही फोटो बाहिरिएपछि मैले विवाह गरेको नक्कली खबर भाइरल भएको उनले स्पष्ट पारिन् । आफुलाई विवाह गर्न हतार नभएको भन्दै उनले आफुलाई आरामले वस्न दिन सबैसँग अपिल गरेकी छिन् । एजेन्सी
August 1, 2019 11:10 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।