आज – १७ साउन २०७६ शुक्रवार को राशिफल
आज – १७ साउन २०७६ शुक्रवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डरपनि छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मबलमा कमी आउनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव आउनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । विभिन्न कुराको किनमेल हुनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश,जाँगर र उमङ्ग बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सिद्धिको योगछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
August 2, 2019 2:01 am | राशिफल