Wednesday 27th November 2024

आज – १९ साउन २०७६ आइतवार को राशिफल

5 years अगाडी

आज – १९ साउन २०७६ आइतवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु क्षय होलान् ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । कला र गलाको प्रभाव बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । रोमाञ्चक यात्रा होला ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । पेट सम्बन्धि समस्याले सताईरहनेछ ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधा आउनेछ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

          August 4, 2019 8:14 am | प्रवास,राशिफल


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...