नेपालले उज्गेस्तान संग प्रतिस्पर्धा गर्दै
कुवेत -एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्गेस्तान संग प्रतिस्पर्धा गर्दै छन ।

नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिकसम्म हुनेछ ।
युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो । उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडीहरुको उपस्थिति रहेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगा यत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिको लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले आग्रह गरेका छन ।
August 5, 2019 1:02 am | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो