

बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड द वल्र्ड कुवेतले गर्यो नेपाली चेलीको उद्वार

कुवेत – बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड द वल्र्ड कुवेतले एक चेलीको उद्वार गरेको छ ।कुवेत अवस्थित अल आदन हस्पिटलमा बिगत एक बर्ष देखि आफ्नो जन्मभूमि नेपाल फिर्ता हुन पाउ भन्दै आदन हस्पिटलमा उपचाराथ रहेकि नेपाल बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ बुर्तिबाङ्ग बर्ष ३९ कि हिरा परियारको उद्वार गरियको बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डका संयोजक नवल खड्काथोकीले जानकारी गराएका छन् ।
अल आदन हस्पिटलमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस बिमारी बाट ग्रसित भएको हिरा परियार का आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराए लगतै संस्थाका संस्थापक कृष्ण गहतराज संग समन्वय गरि सँस्थाका उप सम्योजक अमित गौतमले ठुलो भुमिका निर्वाह गर्दै नेपाल राजदुतावास कुवेत संग समन्वय गरि हिरा परियाको नेपाल फिर्ताको निम्ति आवश्यक कागजिय प्राकिया एवम् हस्पिटलमा लागेको आर्थिक कुवेती डिनर ४२०० सय तथा नेपाली १५२०००० / अक्षरुपी पन्द्रह लाख बीस हजार मिनाह गरि नेपाल फिर्ता गर्न नेपाल राजदुतावास कुवेतका कर्मचारी सिराज तथा मनोज सिंहले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरिदिनु भएकोमा बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेतले हार्दिक आभार ब्याक्त गरेको छ ।
संस्थाले समाजसेवी रुपेन हमालले हिरा परियारको निम्ति स्पेशल ह्विल चियर व्यवस्था गरिदिएको र नेपाल सम्म पुर्याइ दिन सहयोग गरेकोमा बम बिष्ट विशेष धन्यवाद ब्यक्त गरेको छ । हिरा परियारलाई नेपाल फिर्ताको निम्ति टिकट एक थान मोबाइल साथमा १०००० दश हजार रुपैया साथै अन्य खर्च शोएम बिश्वकर्मा हेल्पिङ्ग हेन्डले नै उपलब्ध गरायको सस्थाका बरिस्ठ सल्लाहकार केबि बिश्वकर्म गौतमले बताए । प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याइदिनु हुने सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड वल्र्ड सस्था कुवेतले हार्दिक धन्यवाद ब्याक्त गरेको छ ।
August 9, 2019 10:46 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

