Saturday 4th May 2024

याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो

5 years अगाडी

कुवेत -किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो ।

याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ,सङ्गीत टेकेन्द्र यक्सो , कानिङ याक्खाबा” ,शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवा छेम्ना ”शब्द— आइतराज याक्खा, स्वर ललित जिमि,संगीत खगेन्द्र यक्सोको रहेको छ भने खिङ्ग उचुना वेन्वे एङ्गा तेन्वे , शब्द लालमाया याक्खा, सँगित अजय र स्वर यासिमा याक्खा र राजेन्द« जीमीको रहेको छ
उक्त म्युजिक भिडियोको छायांकन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तिमा गरिएको छ ।

सम्पुर्ण गीतहरुमा याक्खा जातिको भाषा , सस्कार, सँस्कृती, भुमीको गुणगान साथै सँरक्षण र सम्वर्धनमा जोड दिएको छ । बिष्णुदेव कोङ्ग्रेनको प्रस्तुती रहेको म्युजिक भिडियो निर्माणको सम्योजन प्रेम जिमिले गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन जोगमाया लुम्बाले गर्नुभएको छ । यसभन्दा अधि नेपाली चलचित्र जीवन काँडा कि फुल, मिराज र गोल मा अभिनय गरिसक्नु भएको छ भने विभिन्न सचेतनामुलक सन्देशहरुको निर्देशन समेत गरिसक्नुभएको छ । वहाँ लामो समय देखि सञ्चारकर्मि पनि हुनुहुन्छ ।ऊक्त भिडीयाे निरेम प्राेडक्सन काे यू टुब च्यानलमा हेर्न सक्नुहुनेछ।

          August 10, 2019 3:21 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...