Sunday 8th February 2026

तीज सांस्कृतिक धमाका -२०१९ को तयारी पूरा

6 years अगाडी

युएई-मितेरी समाज युएईले आउदो ३० अगस्ट २०१९ शुक्रबारका दिन हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर नेपाली दिदिबहिनिहरुलाई तीजको शुभकामना आदान प्रदान गर्न आयोजना गरेको तीज सांस्कृतिक धमाका-२०१९ को तयारी पूरा भएको छ ।

नजिकिदै गरेको तीजमा परदेशमा भएका चेलिलाई पनि माईतिको झल्को दिलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई रहेको छ । कार्यक्रममा राष्ट्रीय कलाकार राजु ढ़काल, सम्झना लमिछाने, फ़्यूज़न डान्स ग्रूप दुबई साथमा युएईमै रहेर लामो समयसम्म कलाकारितामा लागिरहेका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक दिब्या सुब्बाले नेपाल दृष्टिलाई जानकारी गराइन ।

राष्ट्रीय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिबाट उपस्थित सम्पुर्ण दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्ने मितेरि समाज यूएईका अध्यक्ष प्रदीप पुन मगर बताउछन । अलऎनको लियाली बन्फ़सज हॉस्पिटैलिटीमा यहि ऑगस्ट ३० तारिक २०१९ शुक्रबारका दिन दिनको ठिक २ बजे शुरु हुने छ भने युएइमा रहनुहुने आम नेपाली दिदीबैनी तथा दाजुभाइमा उपस्थितिको लागी आयोजक मितेरी समाज युएइले आव्हान समेत गरेको छ ।

          August 21, 2019 11:51 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...