Monday 21st April 2025

कलाकार सिन्धु गौतम पोख्रेलको शब्द तथा स्वरमा रहेको तीज गित “परदेशी चेली -२०७६” युट्युबमा (भिडियो सहित)

6 years अगाडी

सुबास बस्नेत

भारत -नारीहरुको महानपर्व हरितालिका तीज २०७६ नजिकिँदै गर्दा सांगीतिक बजारमा तीजका गीत-संगीतहरुको निकै नै चर्चा परिचर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मकरुपमा गीतहरु बजारमा आइरहँदा बर्शौ देखि गाउँघरमा चलिरहेका मौलिक गीत र नृत्यहरु कमै मात्रामा देखिन्छन । गाउँले परिवेशमा गाउँघरको झल्को देखिने गरि पहिलो पटक भारत प्रवासमा तीजको कोसेली पस्किने गायिका तथा सर्जक सिन्धु गौतम पोख्रेलले यो वर्षको नयाँ अर्थात दोश्रो तिज गीत भर्खरै बजारमा ल्याएकी छन।

गायिका सिन्धु गौतम पोख्रेलले तीजको सेरोफेरोमा महिलाहरुको हर्ष- उल्लासका साथै उनहरुले परदेशमा बिताएका यादका पलहरुलाइ शब्द मार्फत ब्याख्या गरेकी छन् । नेपाली महिलाहरुका लागि तीजको महत्व व्यख्या गर्दै अत्यन्तै मर्मस्पर्शी शब्दहरु प्रस्तुत गर्न सफल भएकी छन् । गीतलाइ वास्तविक गाउँलेपन दिनको लागि भिडिओमा पेशेवार नृत्य नभइ भारत प्रवासमा नेपाली आमा तथा दिदि-बहिनिहरुमा वर्शौ देखि लुकेर रहेको प्रतिभालाई जस्ताको तस्तै देखाइको छ ।

यस भिडियोमा प्रवासी प्रतिभालाई प्रोहात्सान गर्दै दिल्लीमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपाली समाजलाई समेट्ने झमर्को गरिएको छ । यस प्रकारको प्रयासले मुख्यत प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपालीपनको जगेर्ना गर्नुका साथै वर्तमान पीढीको नेपाली कला र संस्कृतिप्रति आकर्षण हुने समेत सम्भावना रहेको कलाकार सिंधु गौतम पोखरेल बताउछिन।

हाईलाइट नेपाल यूट्यूब च्यानलबाट सार्वजनिक गीतको शब्द संकलन तथा स्वर स्वयम कलाकार सिंधु पोखरेलको रहेको छ भने अभिनय नृत्यमा सृष्टि अधिकारी, सरिता शाही, पिंकी खरेल, सुभद्रा पाण्डे, मालती रिजाल, गीता केसी, अन्जली खत्री, सिता खत्रीको रहेकोछ ।

          August 27, 2019 8:11 pm | भिडियो



प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...