

एनआरएनए साउदी अरबको अध्यक्षमा तेज थापा

साउदी अरब / साउदी अरबस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको सातौँ अधिवेशनले तेज बहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । आइसिसी सदस्यमा नारायण पासवान र उषा केसीको उमेद्वारी परेकाले १३ सेप्टेम्बर २०१९ मा रियाद स्थित नेपाली राजदुताबासमा निर्वाचन गरी चयन गरिने भएको छन् ।
अधिवेशनले ध्रुब कुमार रिजाल बरिष्ठ उपाध्यक्ष, बिशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ, भोलानाथ पौड्याल उपाध्यक्ष, उमेश भट्टराई महासचिव, सन्तोष लुँईटेल कोषाध्यक्ष, योगेन्द्र बहादुर श्रेष्ठ सहकोषाध्यक्ष, रबिना अर्याल महिला संयोजक र राजकुमार श्रेष्ठलाई युवा संयोजकमा चयन गरेको छ ।
त्यस्तै सदस्यहरु बिष्णु पोख्ररेल, नरेन्द्र बहादुर कार्की, चन्द्रमणी भण्डारी, विष्णु प्रसाद न्यौपाने,सत्य नारायण केसी, राम बहादुर क्षेत्री, बालकृष्ण पंगेनी चयन भएका छन् । कार्यसमितिको प्रथम बैठकले मनोज बराल उपाध्यक्ष, लाल बहादुर मगर सचिव, बिष्णु प्रसाद न्यौपाने प्रबक्ता रामजतन यादव र शुक्र मोक्तानलाई सदस्यमा मनोनित गरेको छ ।
बैठकले सल्लाहकार मण्डलमा डम्मर यादव प्रमुख सल्लाहकार सहित भक्त हमाल र दिपक शाही ठकुरीलाई सल्लाहकारमा चयन गरेको छ ।
September 15, 2019 11:18 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

