

जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पुरा

कुवेत, २४ सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन।
कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ।
नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा पुर्बगृहमन्त्री पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यमा कुवेतको फर्वानियास्थित सेफ नौसाद होटेलमा सो कार्यक्रमको आयोजना गरिएको छ।
पुर्वस्वास्थमन्त्री समेत रहनु भएका कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापा समेत कुवेत आउने कुरा थियोे र त्यहीअनुसार हामीले कुवेतबासीलाई जानकारी गराएका थियौं तर पार्टीले देशैभरी चलाएको जागरण अभियानको कारणले केन्द्रबाट एक जना मात्रै प्रतिनिधि पठाउने जानकारी प्राप्त गरेका छौ समितिका सभापति कल्याण कुमार श्रेष्ठले हिमाली संचारसंगको कुराकानीमा भन्नुभयो।
साथै जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई सहर्ष स्वीकार्दै बिशेष अतिथीको रुपमा साउदी अरबबाट राजु सायद आउनेछन भने कतारबाट नरेन्द्र भाट र युएईबाट मनाेज गोर्खाली आउने समितिले जानकारी दिएको छ।
कुवेतमा कार्यरत सम्पुर्ण नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत कुवेतमा कृयाशिल सम्पुर्ण संघसंस्थाका प्रमुख/प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, खेलाडी र कलाकारहरुलाई अधिवेशनमा उपस्थितिका लागि समितिले अनुरोध गरेको छ।
तपशिल :
समय : ठिक ११ बजे
मिति : २७ सेक्टेम्बर २०१९
स्थान : सेफ नौसाद होटेल फर्वानिया, कुवेत।
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

