एनआरएनए अन्तर्राष्ट्रिय पत्रकार पुरस्कारबाट सेजन र पत्रकार अर्याल सम्मानित
काठमाडौं ।गैरआवासीय नेपाली संघ वेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजन लाई दिने घोषणा सार्वजनिक गरेका हुन् ।
१ लाख रुपियाँ राशीको एनआरएनए पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एकएक जना पत्रकार वा संस्थालाई प्रदान गरिंदै आएको छ ।
यस वर्ष नेपालबाहिरबाट बेलायतमा सक्रिय पत्रकार अर्याल एवम नेपालबाट आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई दिइने भएको हो ।
पुरस्कारका लागि छनोटमा परेका पत्रकार अर्यालले पछिल्लो एक दशकदेखि बेलायतमा रहेर पनि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने नेपालीपत्रमा उनी सम्पादक छन् ।
विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायतका मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपुर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार विजेताको निर्णय गरिएको हो ।
घोषित एनआरएनए पत्रकारिता पुरस्कार काठमाडौंमा आयोजना हुने एनआरएनएको नवौं विश्व सम्मेलनको समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने गैरआवासीय नेपाली संघ (एनआरएनए) का समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।
October 12, 2019 6:01 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर