नि: शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणमा प्रदेश २ मा
युएई-युएईका सामाजिक अभियन्ता ओम उप्रेती नि: शुल्क प्राथमिक उपचार तालिम अभियान लिएर पुनः नेपालका ८ जिल्लाहरुमा पुग्ने भएका छन् । हालसम्म नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी पुस १६ देखि प्रदेश नम्बर २ का सात जिल्ला सहित मकवानपुर जिल्लामा पनि आयोजना गरिने घोषणा गरिएको छ ।
नेपाली चलचित्रकी सदाबहार नायिका करिस्मा मानन्धर, निर्माता तथा निर्देशक विनोद मानन्धर र नायक रमेश उप्रेती युएई भ्रमणमा रहेका बेला फेसबुक लाइभ मार्फत आठ जिल्लाहरु र मिति समेत घोषणा गरेका छन् ।

भाग ५ अन्तरगत छनौट भएका जिल्लाहरुमध्ये सप्तरीमा पुस १६ गते बुधबार नि:शुल्क प्राथमिक उपचार तालिमको समुदघाटन कार्यक्रम हुनेछ । जिल्ला छनौट भए पनि सप्तरीको केन्द्रमा रहेको कुनै पनि गाउँ वा सहरमा यो तालिम आयोजना गरिने मुख्य प्रशिक्षक समेत रहेका यो अभियानका परिकल्पनाकार ओम उप्रेतीले जानकारी दिएका छन् ।
यो चरणको दोस्रो दिन सिरहामा आगामी पुस १७ बिहीबार नि:शुल्क प्राथमिक उपचार तालिम प्रदान गरिनेछ । यसैगरी धनुषामा पुस १८ गते शुक्रबार, महोत्तरीमा पुस १९, गते शनिबार, रौतहटमा पुस २० गते आइतबार, बारामा पुस २१ गते सोमबार, पर्सामा पुस २२ गते मंगलबार र अन्तिम दिन मकवानपुरको हेटौंडामा पुस २३ गते बुधबार तालिम समापन कार्यक्रम गरिनेछ ।
युएईमा सिकेको ज्ञान र सीपलाई नेपालका सबै जिल्लामा नि:शुल्क पुर्याउने लक्ष्य बोलेर २०७४ चैत १ बाट डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक ओम उप्रेतीले आफ्नो गृहजिल्ला चितवनबाट शुरु गरेको यो तालिम नेपालका ३८ जिल्लाहरुमा सम्पन्न भइसकेको छ ।
यो तालिममा १६ वटा रोग लाग्दा वा अचानक दुर्घटनामा पर्दा, हृदयाघात, बेहोस, रक्तस्राव आदि अवस्थामा बिरामीलाई केकसरी जीवनरक्षा गरी अस्पतालसम्म पुर्याउने भन्ने विसयमा आधुनिक प्रविधि सहित प्राथमिक उपचार तालिम प्रदान गरिन्छ ।
November 8, 2019 2:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने