तेजाव आक्रमणका पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबद्वारा आर्थिक सहयोग
साउदी अरब । गत भदौ, २० गते शुक्रबार, तेजावद्वारा आक्रमित वीरगञ्ज नगरपालिका छपकैया–२,की १५ बर्षिया मुस्कान खातुन लाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले उनको थप उपचारको लागि १४ नोभेम्बर २०१९ का दिन रू. ६८,१९०/- रुपैंया ( अठसठ्ठी हजार एक सय नब्बे रुपैयाँ ) सहयोग रकम हस्तानन्तरण गरेको छ ।
वीरगंज स्थित त्रिभुवन उच्च मा.वि. कक्षा ९ मा अध्ययनरत मुस्कानलाई बिहान विद्यालय जाँदै गर्दा दुईजना स्थानिय युवकले एसिड प्रहार गर्दा अनुहारको दायाँ भाग, घाटी, छाति र हात डढेर गम्भिर घाइते भएकी र ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर’ किर्तिपुर अस्पताल काठमाडौँमा उपचार भइरहेको खबर बिभिन्न मिडियाहरुमा आएपछि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले पनि पिडितको थप उपचारर्थ सहयोगको लागि आफ्नै संस्था भित्र मुस्कान सहयोगार्थ अभियान चलाउँदै सहयोग रकम संकतलित गरेको थियो ।

एसिड प्रहारले शरिरको १० प्रतिशत भाग डढेकी मुस्कान खातुनको थप उपचारका लागि राजु सैयद, रमजान बाबु, मोहम्मद जैनुल अब्दिन, चाँद मोहम्मद, मुस्ताक मदनी, समर्पण रम्जान दिन मियाँ लगायत कार्यसमितिका पदाधिकारी र अन्य सहयोगी मनकारी व्यक्तित्वहरू बाट सहयोग रकम संकलन भएको थियो।
उक्त संकलित रकम काठमाडौं स्थित मुस्कानकै कोठामा गएर साउदी प्रतिनिधि ऐनुल हक र प्रोफेसर राष्ट्रिय मानवअधिकार समिती कतारका नेपाली प्रतिनिधि तथा INMS ICC संयोजक रमजान बाबु अलिको संयुक्त टोलीले हस्तानन्तरण गरेका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने