जब ‘लड’ मा रातो र सूर्य घन्कियो, तब पूर्वराजा नाचिरहे (भिडियोसहित)
काठमाडौं । एशियाकै उत्कृष्ट दश क्लबमध्येमा पर्ने ठमेलको नाइट क्लब ‘लड’ मा पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार मध्यराति सपरिवार रमाइलो गर्न पुगेका छन् । पूर्वराज परिवारका सदस्यहरु क्लबमा अचानक आइपुगेपछि क्लबको माहोल नै अकैं भएको थियो । पूर्पराजा ज्ञानेन्द्र शाहले क्लबमा आफैले मात्र रमाइलो गरेनन्, उनले सर्वसाधारणसँग सेल्फी खिच्नेदेखि उनीहरुसँगै नाच्नेसम्म गरे । पूर्वराजा ज्ञानेन्द्र नाती-नातिनीको आग्रहमा अचानक शनिबार रातको १२ बजेपछि ‘लड’ मा छिरेका थिए । उनी परिवारका सम्पूर्ण सदस्यहरुसँग राति २ बजेसम्म ‘लड’ मा बसेका थिए ।
रातो र चन्द्र सूर्य’ गीत बचिरहँदा ग्राउण्डबाट ठूलो हुटिङ आइरहेको थियो भने बाल्कोनीबाट पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी शाहलगायतले नाच्दै हात हल्लाएर सर्वसाधारणलाई साथ दिइरहेका थिए । फर्किने बेलामा पनि डान्स प्लोरमा आर्लिएर पूर्वराजा सर्वसाधारणसँग नाचेका थिए । लामो समय क्लबमा विताएपछि उनीहरु निवास फर्केका थिए ।
पूर्वराज परिवार आउने पूर्वजानकारी नपाएको क्लब ‘लड’ ले अचानक कडा सुरक्षा ब्यवस्था मिलाएको थियो भने पूवराजा स्वयम् आफ्ना सुरक्षाकर्मीसहित त्यहाँ पुगेका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा नाच्ने क्रममा गर्मी बढेपछि उनले लगाएको कोट खोलेर बाल्कोनीबाट हात हल्लाउँदै सर्वसाधारणलाई साथ दिएका थिए । पूर्वराज परिवार उक्त क्लबमा पुगेको सम्पूर्ण फोटो र गतिविधि समेटेर क्लबले नै फोटा तथा भिडियो सार्वजनिक गरेको छ ।सिटिजन पोश्ट बाट शाभार ।
भिडियोः
November 18, 2019 1:56 pm | भिडियो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड