Saturday 4th May 2024

जब ‘लड’ मा रातो र सूर्य घन्कियो, तब पूर्वराजा नाचिरहे (भिडियोसहित)

4 years अगाडी

काठमाडौं । एशियाकै उत्कृष्ट दश क्लबमध्येमा पर्ने ठमेलको नाइट क्लब ‘लड’ मा पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार मध्यराति सपरिवार रमाइलो गर्न पुगेका छन् । पूर्वराज परिवारका सदस्यहरु क्लबमा अचानक आइपुगेपछि क्लबको माहोल नै अकैं भएको थियो । पूर्पराजा ज्ञानेन्द्र शाहले क्लबमा आफैले मात्र रमाइलो गरेनन्, उनले सर्वसाधारणसँग सेल्फी खिच्नेदेखि उनीहरुसँगै नाच्नेसम्म गरे । पूर्वराजा ज्ञानेन्द्र नाती-नातिनीको आग्रहमा अचानक शनिबार रातको १२ बजेपछि ‘लड’ मा छिरेका थिए । उनी परिवारका सम्पूर्ण सदस्यहरुसँग राति २ बजेसम्म ‘लड’ मा बसेका थिए ।

रातो र चन्द्र सूर्य’ गीत बचिरहँदा ग्राउण्डबाट ठूलो हुटिङ आइरहेको थियो भने बाल्कोनीबाट पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी शाहलगायतले नाच्दै हात हल्लाएर सर्वसाधारणलाई साथ दिइरहेका थिए । फर्किने बेलामा पनि डान्स प्लोरमा आर्लिएर पूर्वराजा सर्वसाधारणसँग नाचेका थिए । लामो समय क्लबमा विताएपछि उनीहरु निवास फर्केका थिए ।

पूर्वराज परिवार आउने पूर्वजानकारी नपाएको क्लब ‘लड’ ले अचानक कडा सुरक्षा ब्यवस्था मिलाएको थियो भने पूवराजा स्वयम् आफ्ना सुरक्षाकर्मीसहित त्यहाँ पुगेका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा नाच्ने क्रममा गर्मी बढेपछि उनले लगाएको कोट खोलेर बाल्कोनीबाट हात हल्लाउँदै सर्वसाधारणलाई साथ दिएका थिए । पूर्वराज परिवार उक्त क्लबमा पुगेको सम्पूर्ण फोटो र गतिविधि समेटेर क्लबले नै फोटा तथा भिडियो सार्वजनिक गरेको छ ।सिटिजन पोश्ट बाट शाभार ।

भिडियोः

          November 18, 2019 1:56 pm | भिडियो,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...