Sunday 8th February 2026

नेपाल तामाङ घेदुङ कुवेतको ९ औं वार्षिकोत्सब तथा तेश्रो अधिवेशनको तयारी पूरा 

6 years अगाडी

कुवेत ।नेपाल तामाङ घेदुङ कुवेतको ९ औं वार्षिकोत्सब तथा तेश्रो अधिवेशन साथै विविध सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित यही आँउदो नोभेम्बर २२ तारिख २०१९ शुक्रबारका दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा सम्पन्न हुन गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव कृष्णबहादुर तामाङले नेपाल दृष्टि लाई जानकारी दिएका छन्।

यही आँउदो शुक्रबारहुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पत्राचार गरिसकिएको भएपनि कारणवस पत्र वा निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति भैदिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
आयोजक :नेपाल तामाङ घेदुङ कुवेत
कार्यक्रम: नवौ बार्षिक उत्सव तथा तेश्रो अधिवेशन
मिति : २२ नोभेम्बर २०१९ शुक्रबार
स्थान :आइडियाल अडिटेरियम हल फर्वानिया

          November 19, 2019 3:25 pm | प्रवास



प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...