

मगर सँघ कुवेतको तेश्रो अधिवेशन तथा माघे सकराती १७ जनवरी २०२० मा आयोजना हुँदै

जय आले, कुवेत
२२ डिसेम्बर २०१९ । कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती आगामी १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरियम हलमा आयोजना गरि सम्पन्न गर्ने बताएको छ ।
मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा सन् २०१२ को जुन १५ मा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४/४ बर्षे लामो दोश्रो कार्यकाल पुरा गरेको छ ।
अधिवेशनका लागि नेपाल मगर सँघबाट केन्द्रिय प्रतिनिधि समेत आउने जानकारी दिंदै कुवेतमा पेशारत समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन अन्य कुनै कार्यक्रमको आयोजना नगरी माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाइ दिन अनुरोध गरेको छ ।
स्थापना कालदेखी मगर सँघ कुवेतले मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरु बीच मनाउँदै आएको छ ।
पुनश्च्व:
मिति : १७ जनवरी २०२०, शुक्रबार
समय : बिहानको ठिक ११.०० बजे, उप्रान्त
स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत
संपर्क : जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घरती मगर – ६०००८६७९

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

