

कुवेतको हस्पिटलमा अचेत अवस्थामा उपचाररत नेपालिलाइ NRNA/NCC ले भेटे

दिलकुमार पाख्रीन/२३ डिसेम्बर, कुवेत। कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। विगत १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी सुरेश् बहादुर खत्री रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखी पोखरा महानगरपालिका-१६ लामाचौर कास्किमा बस्दै राइरहेका छन।
केही हिजो दिउँसो NRNA/NCC कुवेतलाइ सम्बोधन गर्दै एउटा निवेदन आइपुगेपछी आज साँझ एन आर एन टोलि बिरामी भेट्न गएका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन सचिव माधाव शाही र सदस्य सजिना गुरुङको टोलिले बिरामिलाइ भेटेर फर्केका छन। बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जानकारी अध्यक्ष सुजन केसिले दिएका छन। उनका अनुसार बिरामी अत्यन्तै सिकिस्त छन।
बिरामी खत्री झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको बुझिएको छ। बिरामिको बारेमा परिवारलाइ सम्पर्क गरि बिरामिको अवस्थाको बारेमा एन आर एन ए अध्यक्ष सुजन केसिले जानकारी दिएका छन।
December 24, 2019 11:24 am | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

