नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा साखाको नयाँ नेतृत्वमा सुमन शर्मा जमरकट्टेल
झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले आज प्रारम्भीक घोषणा सभाको आयोजना गर्दै झापा जिल्ला नेतृत्व चयन गरेको छ । विदेश गएर अध्ययन गर्न चाहने नेपालीहरुलाई आवश्यक परामर्श दिने उद्देश्यले खोलिएका शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठनले जिल्लास्तरमा पनि आफ्नो शाखा सञ्चालन गर्न थालेको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले आज बिर्तामोडमा झापाका शैक्षिक परामर्शदातृ संस्थाका सञ्चालकहरुको भेला गरेर आफ्नो छैठौं साखाको रुपमा झापा साखाको चयन गरेको हो । नेपालमा २३ वर्षदेखि सञ्चालित इक्यानले विदेशी सहयोग लिएर शैक्षिक परामर्श सेवा प्रदान गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएको छ । संघका अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षता तथा महासचिव शेषराज भट्टराईले सञ्चालन गरेको प्रारम्भिक घोषणासभा मार्फत् जिल्ला नेतृत्व सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…
आज सम्पन्न प्रारम्भीक घोषणा सभाबाट सुमन शर्मा जमरकट्टेलको नेतृत्वमा ९ सदस्य सहितको झापा साखाको चयन गरिएको हो । जसअनुसार नेपाल शैक्षिक परामर्श संघ झापाको अध्यक्षमा सुमन शर्मा जमरकट्टेल, उपाध्यक्षमा मिलन ओली, सचीव मदन बुढाथोकी, कोषाअध्यक्ष राजकुमार कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविन कुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् । नवगठित सदस्यहरुलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्दीय अध्यक्ष बिष्णुहरि पाण्डेले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
संघका केन्दीय अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन महासचिव शेषराज भट्टराईले गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष पाण्डेले नयाँ नेतृत्वलाई बधाई दिंदै आउने चुनौती, सम्भावना र इक्यानले शैक्षिक क्षेत्रमा खेल्नु पर्ने भूमिकाको बारेमा समेत प्रस्ट पारेका थिए । कार्यक्रमको समापन गर्दै नव-निर्वाचित अध्यक्ष सुमन शर्मा जमरकट्टेलले आगामी दिनमा इक्यान झापाले इक्यानको गरिमालाई थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड