कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
कुवेत – कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिंजो ३१ जनवरी २०२० को साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रम नेपाली राजदूतावास, कुवेतको नेपाली समाजमा कृयाशिल संघ-संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, साहित्यप्रेमी, कलाकारहरूको रोहबरमा भव्य रूपमा सम्पन्न भएको थियो।
कोसेली समुहका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारिको प्रमुख आतिथ्यता,दूतावासकै द्वित्तिय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष एवं कोसेली समुहका संस्थापक संरक्षक सुजन केसि, समुहका सल्लाहकार मनु भुजेल मगर, कार्यक्रम संयोजक राजन श्रेष्ठ, आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ र जजिरा एयरका प्रतिनीधिको विेशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ-संस्थाका पदाधिकारी-प्रतिनीधीहरू, विभिन्न मिडिया हाउसमा कार्यरत पत्रकारहरू, कुवेतको नेपाली समाजका अग्रज सामाजिक व्यक्तित्वहरू,साहित्यप्रेमी सर्जकहरू, कलाकारहरू लगायत वार्षिकोत्सव समारोहमा उपस्थित कुवेतवासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दीप प्रज्वलनको साथ समुहको १२ औं वार्षिकोत्सवको केक काटी समुहद्वारा प्रकाशित कुवेतको नेपली समाजको एक मात्र छापा पत्रिका मरूभूमिको कोसेली छापा पत्रिकाको ३१ औं अंकको विमोचन गरिएको थियो।
February 1, 2020 11:42 pm | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने
झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग