एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङका पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री गुरूङ्लाई आर्थिक सहयोग।
कर्ण बहादुर अधिकारी,नुवाकोट।नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङ्का पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री एवं बक्सिङ्कै धरोहर मदन गुरूङ्को स्वास्थ्य उपचार र औषधी सेवनका लागि मोप ८२५०।- अर्थात नेरू १ लाख १६ हजार एक कार्यक्रमका साथ हस्तान्तरण गरेको छ।उक्त रकम संकलन कार्यक्रमका संयोजकद्वय पुर्ब बक्सिङ खेलाडी मान बहादुर श्रेष्ठ र पश्चिमेली समाज मकाउका अध्यक्ष तथा पुर्ब बक्सर पदम सिंह पन्तले मकाउका कार्यरत रहेका पूर्ब बक्सर खेलाडीहरूसंग रकम संकलन गरी नेपाल बक्सिङ संघका चिफ कोच प्रकाश थापा मगर र बक्सिङ संघका अध्यक्ष राम आवालेको उपस्थितिमा रकम हस्तान्तरण गरीएको थियो।
मकाउमा कार्यरत रहेका पूर्व बक्सिङ खेलाडीहरू पदम सिंह पन्त मोप ८ सय ,अजित गुरूङ् मोप ७ सय,तेज बहादुर चन्द मोप ५ सय,मान बहादुर श्रेष्ठ मोप ५ सय,प्रभुदास थापा ५ सय , बिकास नेपाली मोप ५ सय,शुभाष थापा मोप ५ सय,राजन डंगोल मोप ५ सय ,चित्र बहादुर गुरूङ मोप ५ सय,प्रेम महर्जन मोप ५ सय,नीम रेउले मोप ५ सय ,महेश रीजाल मोप ५ सय,उद्धव कुवर मोप ३ सय,घन श्याम ओली मोप ३ सय,तोरण बानियाँ मोप ३ सय,बिष्णु श्रेष्ठ मोप ३ सय,शुरेश चौधरी मोप ३ सय,राज कुमार पौडेल मोप १ सय ५० र रेशम थापाबाट मोप १ सय संकलन गरी जम्मा ८ हजार २ सय ५० मोप उठेको थियो।

नेपाल एक्स बक्सर ग्रुप मकाउले केहि समय अगाडी अर्थात १३ औं साग गेममा पनि नेपाली बक्सिङ खेलाडीहरूको मनोवल उच्च बनाउनका लागि प्रतोसहान स्वरूप नेपाली रूपैया १ लाखको ट्रयाक सुट खेलाडी तथा प्रशिक्षकहरूलाई बितरण साथै बक्सिङ्मा मेडल जित्ने खेलाडीहरूलाई सम्मान स्वरूप नेरू २ लाख रूपैया हस्तान्तरण गरेको थियो।यस्ता सामाजिक काममा सदैब सहयोगी हातहरूलाई अगाडी बढाउनका लागि पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्न लागि पर्नु हुन्छ।यस बिषयमा पन्त संग जानकारी लिदा आउँदा दिनहरूमा पनि यसरी नै सहयोग र सदभाबका हातहरू अगाडी बढाउने र बिशेषत: बक्सिङ खेल जगतलाई उज्जवल बनाउनका लागि अार्थिक तथा नैतिक सहयोग गर्नु परे पनि पछि नहट्ने प्रति बद्धता जाहेर गर्नु भएको छ।
February 16, 2020 2:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर