Thursday 28th March 2024

लकडाउनमा मैले भेटेको ‘छ मिनेट’ !

4 years अगाडी

  • यादब देबकोटा

यतिबेला विश्वभर कोभिन–१९ को महामारी छ । नागरिक जोगाउन आ–आफ्ना नाका मात्रै बन्द छैनन्, विश्व नै ‘लक’ गरिएको छ । सडकमा न गाडी चलेको छ न आकाश नै । यतिखेर मान्छेदेखि मान्छे नै डराउनुपरेको छ । करिब पौने तीन लाख नागरिकले अनाहकमा ज्यान गुमाइसकेका छन् । यतिखेर मानव सभ्याता नै हराउने हो की भन्ने त्रास आम नागरिकमा परेको छ । परदेशमा रहेकाहरु घरदेश जान नपाएर चिन्तामा छन् भने सिमामा पुगेकहरु पनि घरदेश हेरेर पिडाका साथ बसिरहेका छन् । विश्वव्यापी महामारीका बेला आफ्नो जिवनको कुनै प्रवाह नगरी मैदानमा उत्रिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई सलाम छ ।

प्रसंग पत्रकारिताकै हो । टेलिभिजन कर्म गरेको एउटा सामान्य संचारकर्मीको उद्देश्य त्यति ठुलो हुँदैन । पेशाका लागि गरिएको संचारकर्मले उहि दैनिक आवश्यकताबाहेक आफ्नो बचेको समय दिने, जाने बुझेका कुरा आफुले कुनै फोरममार्फत सुझाउने, बुझाउने बाहेक अरु के हुन सक्ला ?

जब पत्रकारिता नशामा परिणत हुन्छ अनि यसले तपाईको मन र मस्तिष्कमा जरो गाड्छ । केही नयाँ त गर्नैपर्छ भन्ने हुन्छ र केही न केही कुरा मनमनै खेलिरहेको हुन्छ । मोफसलदेखि शहरसम्म भनौं या देशदेखि बिदेशसम्म नै किन नहोस् । तपाईलाई यो संचारकर्मको मोह र ममता रत्तिभर घटेको हुँदैन, र घट्न पनि दिनुहुँदैन् ।

कोभिन–१९ अर्थात कोरोना भाइरसले निम्त्याएको लकडाउनले मानसिक रुपमा डर त्रास दिएपनि शारिरिक रुपमा भने केही आराम भने पक्कै पनि दिलाएको छ । लामो समयसम्मको बसाईले मानिसमा झन थकाइको महशुस गर्न थालेका छन् । उनिहरु आफ्नो नियमित काममा फर्कन चाहन्छन् तर परिस्थिती भने फरक छ ।

लकडाउनले जन्माएको त्यो ‘छ मिनेट’
तपाई फुर्सद हुँदा के गर्नुहुन्छ ? आजकाल धेरै मानिसहरु फुर्सदको समयमा के गर्छन् त ? त्यो त तपाई हामीलाई थाहै छ । बिद्युतीय उपकरणको साथ खोज्छौं । इन्टरनेटमा जोडिन्छौं । त्यहींबाट संसार नियाल्छौं ! इन्टरनेट बिना बाँच्नै नसकिने जमात विश्वभर विरलै होलान् । पछिल्लो समय त सोसल मिडियाको प्रयोेग ह्वात्तै बढेको छ । जुन स्वभाविक पनि छ । मनोरञ्जन, सूचना, अध्ययन अध्यापन होस् या संसार नियाल्नेहरु प्रविधिको वरीपरी घुमिरहेका हुन्छन् ।

कुनै पनि विषयको गहिराइमा पुगेर त्यसको यथार्थ बाहिर ल्याउने मात्रै होइन, समाजमा घटेका घटना र व्यक्तिमा लुकेर बसेको क्षमतालाई पनि प्रष्फुटन गराउने हाम्रो मिशन हो । तपाइको छ मिनेटको समयलाई ध्यानमा राखेर हामीले कार्यक्रमको डिजाइन गरेका हौं । त्यसो त प्रवासमा बस्ने हामी कसैसँग पनि धेरै समय हुँदैन् । हामीलाई न देश्को राजनैतिक विषयको बहस गर्ने समय छ न सुन्ने फुर्सद नै । प्रवासीको पिडा, विस्मात, समस्या र उनिहरुको दुःख पछिको सुखमा केन्द्रीत बन्नेछौं । तपाईको छ मिनेट सबै नेपालीका लागि मार्गदर्शक र जानकारीमुलक बनोस् ।

त्यसो त अहिले विश्वभर कोरोनाको कहरले आक्रान्त पारेको छ । घरभित्रै थुनिनु परेको छ । मनमा धेरै कुराहरु घुल्मिल हुँदै गएका छन् । पारिवारिक वार्तालाप, आफन्त, साथीभाई सँगको कुराकानी, माया ममतादेखि सञ्चो बिसञ्चो एक आपसमा साँट्ने दैनिकीजस्तै बनेको छ । मनमा अनेक तरंग मात्रै पैदा भएको छैन्, कसरी अगाडी बढ्ने र कसरी फरक बन्ने सोचले मलाई पच्छ्याइरह्यो । मैले गरिआएको पेशा पनि मेरै साथमा छ । यतिखेर प्रवासमा रहेपनि यसलाई कसरी अझ बढि महत्वका साथ अघि बढाउने भन्ने प्रश्नले आफैंलाई थप सोच्न बाध्य बनाएको छ ।

प्रवास आएदेखि नै यहाँको स्थानिय मिडियासँग मैले ‘नेपाल टक्स’ भनेर अन्तरबार्ता शुरु गरें । जुन अहिले पनि चलिरहेको छ । जसले नेपाली र नेपाली समाजको माया पाएको छ । तर यतिमात्रै सिमित रहनुहुन्न भन्ने लागेर हामीले ‘लकडाउन’ सँगै ‘छ मिनेट छ ?’ को नाम जुराएर मैदानमा उत्रिएका छौं । छोटो समयमा महत्वपपूर्ण अनि मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने हाम्रो मिशन हो । सोही अनुरुप हामीले कार्यक्रम ‘छ मिनेट छ ?’ को आधिकारिक प्रोमो पनि बनायौं ।

धेरै दर्शक श्रोताको एउटै प्रश्न– के हो ‘छ मिनेट छ’ ?
कुनै पनि विषयको गहिराइमा पुगेर त्यसको यथार्थ बाहिर ल्याउने मात्रै होइन, समाजमा घटेका घटना र व्यक्तिमा लुकेर बसेको क्षमतालाई पनि प्रष्फुटन गराउने हाम्रो मिशन हो । तपाइको छ मिनेटको समयलाई ध्यानमा राखेर हामीले कार्यक्रमको डिजाइन गरेका हौं । त्यसो त प्रवासमा बस्ने हामी कसैसँग पनि धेरै समय हुँदैन् । हामीलाई न देश्को राजनैतिक विषयको बहस गर्ने समय छ न सुन्ने फुर्सद नै । प्रवासीको पिडा, विस्मात, समस्या र उनिहरुको दुःख पछिको सुखमा केन्द्रीत बन्नेछौं । तपाईको छ मिनेट सबै नेपालीका लागि मार्गदर्शक र जानकारीमुलक बनोस् । प्रवासमा काम नगरी कसैलाई खान पुग्दैन् । त्यसैले तपाई आराम गर्दा होस् या अन्य कुनै समयमा बचेको छ मिनेट तपाई, हामी अनि समाजका लागि महत्वपूर्ण बन्ने हाम्रो अपेक्षा हो ।

प्रबासमा पत्रकारिता
देख्नेहरुलाई प्रवासको पत्रकारिता मस्ती लागेपनि भोग्नेलाई मात्रै त्यसको वास्तविक पिडा थाहा हुन्छ । बचेखुचेको समयमा गरिने प्रवासको पत्रकारिताले व्यवसायिक रुप भने लिएको कमै मात्रामा छ । पत्रकारका हितका लागि स्वदेशमा मात्र होइन प्रवासमा पनि थुप्रै संघ संस्थाहरु खोलिएका छन् । तीमध्ये एकाध संस्थाले पत्रकारको हितमा काम गरेपनि अधिकांश भने राजनीति, चाकडी र चाप्लुसीमा लिप्त भएको थुप्रै उदाहरण छन् ।

पत्रकार महासंघको प्रवास शाखा खोलिएका छन् । तर महासंघले उनिहरुको स्तर मापनको आधार तयार भने गर्न सकेको छैन् । मुलधारमा काम गरेका राम्रा पत्रकार प्रवासमा बिलिन हुन पुगेका छन् । प्रवासको पत्रकारिता मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनीतिमा प्रयोग हुन थालेको आभाष हुने गरेको छ । मुल विषय अध्ययन नै नगरेका तर लहडका भरमा पत्रकारिता गर्नेहरुको लर्कन प्रवासमा देख्न सकिन्छ । तर प्रवासमा महासंघले मापदण्ड निर्धारण गर्न नसक्दा वास्तविक पत्रकारिता गर्नेहरु ओझेलमा पर्ने गरेका छन् । महासंघले राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे खोज्दा प्रवासका पत्रकार र पत्रकारिताले सही ट्रयाक समात्न सकेको छैन् ।

डिजिटल पत्रिका संचालनका नाममा आफ्नै सिर्जनात्मक भन्दा पनि अर्काको समाचार हुकिङ गर्ने बानीले प्रवासको पत्रकारिताप्रति पाठकहरु खासै सन्तुष्ट भएको पाँइदैन् । आगामी दिनमा महासंघले यस्ता विषयमा पनि ध्यान दिने हो भने प्रवासको पत्रकारिता र पत्रकारको स्तर र क्षमतामा विकास हुने थियो ।

यो कर्ममा लाग्दै गर्दा मैले गुमाएको त केहि पनि छैन । तर पाएको कति छ कति । त्यसैले त तपाईले दिएको मायाले आज ‘क्याटलिस्ट’को काम गर्दै उर्जा माथि उर्जा थपेको छ । यही दौरानमा मैले आँखा मै राख्दा पनि नबिझाउने दर्शकदिर्घा भेटें । कतै उकाली चढ्नेहरूको साहसमा आँटको पोयो लगाउँछन् त कतै ओरालीमा चिप्लिनेहरूलाई भविष्यको आशा देखाएर गन्तव्यसम्म पुग्न हौस्याउँछन् । कोही कोही त अठोटको दियो बालेर अगाडी बढ्न र उद्देश्य प्राप्तिका निम्ति कठिन संघर्षको बाटो रोज्न प्रोत्साहित गर्छन् । त्यसैले त हामी निरन्तर छौं । अन्तर छैन अनि मतान्तर छैन । हामीसँग बिबेकको प्रयोग समानान्तर छ ।

‘आँफु पनि गुँँड नलगाउने, अरुले लगाएको गुँड पनि भत्काउने’ प्रवृत्ति
हातमा लाइसेन्स, दिमागमा सेन्स र क्यामेरामा लेन्स नहुनेहरु क्रोधले बुई चढ्ने बिरोधले भुँई कोपर्ने गर्छन् । सोसियल मिडियाका टाइमलाइन र च्याट्मा गरिएको पत्रकारिता होइन यो ।

मेरो कुनैपनि पात्रसँग कनै प्रतिस्पर्धा होइन । मात्रै प्रवृत्तिसँगको ‘अपोजिसन’ हो । काम गराइको क्रममा मेरो पनि कति कमजोरी होलान् । मैले मेरा कमी कमजोरीलाई जहिले पनि आत्मसाथ गरेको छु । मैले मेरो कामप्रति कहिलै घमण्ड पनि गरेको छैन् । यदि गरे भने तपाईले मलाइ दण्ड दिन सक्नुहुन्छ । सबै शिरोधार्य छ । तर सकेसम्म अरुको भलाई गरौं । यदि त्यो पनि न सकिन्न भने बिगार पनि गर्नुहुन्न ।

यो कर्ममा लाग्दै गर्दा मैले गुमाएको त केहि पनि छैन । तर पाएको कति छ कति । त्यसैले त तपाईले दिएको मायाले आज ‘क्याटलिस्ट’को काम गर्दै उर्जा माथि उर्जा थपेको छ ।

यही दौरानमा मैले आँखा मै राख्दा पनि नबिझाउने दर्शकदिर्घा भेटें । कतै उकाली चढ्नेहरूको साहसमा आँटको पोयो लगाउँछन् त कतै ओरालीमा चिप्लिनेहरूलाई भविष्यको आशा देखाएर गन्तव्यसम्म पुग्न हौस्याउँछन् । कोही कोही त अठोटको दियो बालेर अगाडी बढ्न र उद्देश्य प्राप्तिका निम्ति कठिन संघर्षको बाटो रोज्न प्रोत्साहित गर्छन् । त्यसैले त हामी निरन्तर छौं । अन्तर छैन अनि मतान्तर छैन । हामीसँग बिबेकको प्रयोग समानान्तर छ ।

बाटो हिड्नेहरुको हो । जीवन भोग्नेहरूको हो । पिडा अनुभूति गर्नेहरूको हो । विश्वास फुलाउनेहरूको हो । आँट आस्थामा गोडमेल गर्नेहरूको हो । खुसी आफैलाई विश्वासमा लिनेहरूको हो । त्यसैले त हामी आजसम्म सबैलाई खोकिलामा राखेर अगाडी बढेका छौं । त्यसमा तपाई दर्शक श्रोताको माया आजसम्म पनि उस्तै अनि दुरुस्तै छ ।

तपाई दर्शक, श्रोता र पाठकसामु सत्य तथ्य सूचना पु¥याउने कोशिस त गर्छु गर्छु । समाजमा भएका विसङ्गति र गलत प्रवृत्तिप्रति औला ठड्याउन समेत कहिलै नहिच्किचाउने प्रण गर्दै तपाईले दिनुभएको ‘छ मिनेट’ प्रति मेरो सद्भाब र प्रेममा कहिलै कमी हुन दिने छैन । तपाईको ‘छ मिनेट’ सबैका लागि मार्गदर्शक बन्न सकोस् ।

मैले आफुलाई कहिले पनि पत्रकारको रुपमा प्रस्तुत गर्ने र समाजले मलाई स– सम्मान कुनै पनि ठाउँमा मेरो प्रशंसा गरोस भन्ने म चाहन्न । तर मैले गर्ने मेरो काम र देनको मुल्यांकन गरोस भन्ने अपेक्षा चाँही जो कसैलाई पनि हुन्छ । पत्रकारिता पढ्नु र अलि अलि लेख्नुले मात्र पूर्ण पत्रकारिता गर्न सकिदैन् भन्ने मेरो सोच हो । आज म प्रवासमा बस्ने हुँदा मेरो अपेक्षाका बिषयबस्तु प्रवास पत्रकारितासँगै नै सम्बन्धित छ । र म यसमा नै समर्पित छु ।

कुनैपनि टेलिभिजन कार्यक्रमको अभिप्राय प्रत्यक्ष अप्रत्यक्ष जे र जसो भएपनि– सन्देशका लागि, बिचारका लागि, उपदेशका लागि, मनोरञ्जनका लागि, लहडका लागि, चर्चाको लागि– जे जेका लागि भए नि जबसम्म मान्छेको मन र मस्तिष्क थरथर्राउने, झन्झनाउने र पगाल्ने गराउँदैन त्यस्तो कार्यक्रम लामो कालसम्म जीवित रहन सक्दैन् । युग बोध र युग सन्देश नभएका कुनैपनि कार्यक्रमले दर्शक र श्रोताको मन छुदैन । हाम्रो ‘क्न्सेप्ट’ र हाम्रो टिमको मेहनतलाई ‘एसेप्ट’ त गर्नु नै हुन्छ भन्ने बिश्वास लिएको छु ।

र अन्तमा तपाई दर्शक, श्रोता र पाठकसामु सत्य तथ्य सूचना पु¥याउने कोशिस त गर्छु गर्छु । समाजमा भएका विसङ्गति र गलत प्रवृत्तिप्रति औला ठड्याउन समेत कहिलै नहिच्किचाउने प्रण गर्दै तपाईले दिनुभएको ‘छ मिनेट’ प्रति मेरो सद्भाब र प्रेममा कहिलै कमी हुन दिने छैन । तपाईको ‘छ मिनेट’ सबैका लागि मार्गदर्शक बन्न सकोस् ।

          May 11, 2020 12:29 am | प्रवास,भिडियो,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...