नेपाली जनसम्पर्क समिति क्यानडा कार्यसमितिको कार्यकाल सकियो, चुनावका लागि प्रतिनिधि खटाइदिन नेपाली काँग्रेसलाई आग्रह
काठमाडौं,
नेपाली जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन नेपाली काँग्रेस केन्द्रीय समितिलागायत विभिन्न उपसमितिहरुलाई आग्रह गरेको छ । समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको भन्दै निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन आग्रह गरेको हो ।
गत अगष्टमै पदाधिकारीहरुको कार्यकाल सकिँदा पनि पार्टीले भातृ संगठन नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनप्रति खासै चासो नदेखाएकोले पूर्व पदाधिकारीहरुको भेला राखिएको समितिका पूर्व महामन्त्री निरञ्जन थापाले जानकारी दिए ।
नेपाली काँग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भातृसंगठनको नियमित अधिवेशनको लागि नेपाली काँग्रेसलार्इ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रीय प्रतिनिधि खटाउँनु पर्ने व्यवस्था छ ।
नेपाली जनसम्पर्क समिति क्यानडाको सन् २०१८ को अगस्ट २८ मा अधिवेशन सम्पन्न भएको थियो । काँग्रेस केन्द्रीय समितिले जो सुकैलाई निर्वाचन समितिको संयोजक तोकिदिएपनि समितिलाई स्वीकार्य हुने बताइएको छ । त्यस्तै समितिले ध्यानाकर्षण पत्रमा विभिन्न मागहरु प्रस्तुत गरेको छ । उक्त मागहरुलाई उच्च चासो दिई उचित सम्बोधन गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।
यो अनुरोधलाई कमजोरिको रुपमा नलिन पनि अनुरोध गरिएको छ । त्यस्तै नेपाली काँग्रेस प्रति नेपाली जनसम्पर्क समितिका सदस्यहरु सधै बफादार र निष्ठावान भएकाले पार्टीको सम्पूर्ण कृयाशिल सदस्यता र साधारण सदस्यता त्यागी कुनै पनि किसिमको पदीय जिम्मेवारीमा नबस्ने जानकारी गराइएको छ ।
September 29, 2020 10:48 pm | प्रवास,समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड