राज्य कमजोर हुँदा जनता टुहुरा भए : पूर्वराजा ज्ञानेन्द
काठमाडौं : पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन्। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।
‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ।
प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उनको भनाइ छ।
दसैंको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर