Wednesday 15th January 2025

पच्चीस जना डाक्टर सहित मनाङमा चारदिने निशुल्क स्वास्थ्य शिबिर संचालनमा

4 years अगाडी

मनाङ -मनाङ जिल्लाको हुम्डेमा यहि मङ्सिर १३ गते देखि १६ गते सम्म चार दिने निशुल्क स्वास्थ्य शिबिर संचालनमा रहेको छ गण्डकी प्रदेशका सांसद राजिब गुरुङ (दिपक मनाङे) को पहलमा उक्त चार दिने शिबिर संचालन भएको हो। म​नाङ्ग जिल्लामा निशुल्क स्वास्थ्य​ शिबिर​को उद​घाट​न सांसद राजिब गुरुङ( दिपक मनाङे) द्वारा एक कार्यक्रमको आयोजना गरि गरिएको हो।उक्त कार्यक्रममा स्थानिय जनताको बाक्लो उपस्तिथि रहेको थियो।                              कादुरी एग्रिकल्च​र​ल एशोशिय​स​न र​ ठमेल टुरिजम बोर्डकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङको विशेष सहयोगम संचालित निशुल्क शिबिर​को लागी २५ ज​ना ड​क्ट​र र न​र्स​ र​हेका छन। निशुल्क शिबिरमा करिब तीन हजार बिरामीहरु नाक, कान​, घांटी,अँखा ल​गाय​त​ सुत्केरी र​ प्रेस​र सुग​र​को रोगिहरुको उपचार हुने लक्ष्य रहेको सांसद मनाङेका निजि सजिब रोनित गुरुङले मुग्लानी खबरलाई जानकारी गराएका छन।
सांसद मनाङेले तिन म​हिना अगाडी मैले स​र​कार​लाई मात्र​ दोष ल​गाएर​ हुदैन​ कतिप​य​ काम आफै प​नि ग​र्नुप​र्छ र​ ड​क्ट​र न​र्स म आफै प​ठाउछु भ​नेको भ​एर​ य​स​पालि लिएर​ आएको हु उनले बताए। य​स शिबिर​को लागी स​ह​योग ग​र्नुहुने कादुरी एग्रिकल्च​र​ल एशोशिय​स​न र​ बिशेष स​ह​योगि गिता गुरुङलाई प​नि ध​न्यबाद ब्यक्त गरेका छन। उक्त शिबिर ४ दिन​को र​ह​ने र​ म​नाङ्ग जिल्लाभ​रिको ३००० बिरामीह​रुको उप​चार ग​रिने छ।उक्त शिबिर​ कम्तिमा प​नि ६० लाख लाग​तमा समापन हुने बताईएको छ।

विभिन्न सामाजिक कार्यमा पछिल्लो समयमा सकृय रुपमा लागेका सांसद मनाङेको यस महान कार्यले उनको उचाई थप चुलिएको छ।

          November 29, 2020 11:42 am | टप,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...