Saturday 23rd November 2024

कतार नेपाली एकता समाजको बिरोध कार्यक्रम सम्पन्न

4 years अगाडी

कतार – संघीयताको खारेज गरौं ,कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदमचालौ,कोरोनाको रोकथाम र उपचाररत सरकारको असक्षमता एबं लापरबाही र भ्रष्टाचारको विरुद्धमा नेपालमा भएको राष्ट्रिय जनमोर्चाको विरुद्ध कार्यक्रम लाई ऐक्यवद्धता जनाउदै कतार नेपाली एकता समाजले ओनलाईन जुम कार्यक्रम मार्फत आफ्नो विरुद्ध कार्यक्रम सम्पन्न गरेको छ । एकता समाजका महासचिव खिम बूढाको संचालन र अध्यक्ष बिष्णु थापा क्षेत्रि को अध्यक्षतामा गरेको बिरोध कार्यक्रममा कमल आचार्यले स्वागत मनतब्य राख्दै उपस्थिति सम्पुण लाइ स्वागत गर्नु भएको थियो  ।

कार्यक्रम मा बिभिन्न बिभाग, एरिया इकाई बाट सहभागी रहेको थियो भने महीला संयोजक जानुका बसनेत, सनाया डी एरिया  समितिका अध्यक्ष टेकराज थापा ,बुद्धिजीवी बिभाग का अध्यक्ष हरि शर्मा, केन्दीय कोषाध्यक्ष लक्ष्मण कोइराला, रक्तिम बिभाग बाट बिमल भुसाल लगाएतले मनतब्य राखेका थिए ।

त्यसैगरि अन्तरष्टिय नेपाली एकता समाजका महासचिव तथा एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुनले सङ्घीयता ले देशलाई दुर्घटना तर्फ लैजादै गरेको र भएको आर्थिक आएआर्जन बाट देशलाई धान मात्र हैन कर्मचारीलाई समेत तलब दिन बिस्व बैंक बाट ऋण ल्याउने तयारि समेत भएको र बिभिन्न बहाना बाजीमा देशलाई सिधाउने, नेपाली जनतालाई ऋण टाउकोमा थुपारिदिने काम बाहेक बिकाशका काम नभएको जानकारी गराउनु भएको थियो , अध्यक्ष थापाले कोरोनाको महामारी सगै नेपालका सरकार पक्ष हरुले सङ्घीयताको आडमा देशलाई दुर्घटना तर्फ लैजादै गरेको र नेपालमा असफल बन्दै गएकाले अब नेपाल र नेपाली जनताले साम्राज्यबदी हरुले बुनेको जालो यो महङ्गो सङ्घीयतालाई थेग्न नसक्ने भएकोले खारेजीको विकल्प नभएको बताउनु भयो । कार्यकर्म मा दुबई नेपाली एकता समाजका अध्यक्ष दिनेश थापाको पनि उपस्थिति रहेको थियो ।

          November 30, 2020 11:16 am | प्रवास,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...