Sunday 5th May 2024

कुवेतको फर्वानिय शहरमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट संचालन।

3 years अगाडी

सुरेश गुरुङ –
कुवेत – कुवेतको अती ब्यस्त शहर धेरै नेपालीहरुको बाहुल्यता रहेको ठाँउ फर्वानिय शहरमा हिजो २५ जनवरी २०२१ को दिन नेपाली युवाहरुको संयुक्त लगानिमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्टको  उद्घाटन गर्नु  भएको छ ।

नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो? नेपालीहरुको रोजाईमा ध्यान राख्दै बिभिन्न शुद्द नेपाली परिकारको साथमा अर्डर अनुसारको खाना होम डेलिभरीको व्यवस्था समेत रहेको नेपालीहरुको एकदमै पायक पर्ने ठाउँ कुबेतको फर्वानिय स्थित ब्लक -4 Al Arabet Plaaza को Grand Hypaer Market को ग्राउन्ड फ्लोरमा MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरी रिबन र केक काटेर बिधिबद रूपमा उद्घाटन गर्नु भएको थियो ।

वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका नेपाली युवाहरु सुमन लिम्बू,अमृत तामाङ र सन्तोष तामाङको लगानीमा रहेको MOMO HOUSE नामक नेपाली रेस्टुरेन्ट।उद्घाटन सहमोरमा ,NRNA कुवेतका अध्यक्ष सुजन केसी,कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका अध्यक्ष ज्यू लगाएत प्रतिनिधिहरु समाजसेवी,पत्रकार,कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थित रहेको थियो । 

          January 26, 2021 2:50 pm | टप,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...