Sunday 5th May 2024

नेपाली काङ्ग्रेस भित्र मौलाएका बिकृिती लाई  सधैको लागी अन्त्य गर्नु आवाश्यक छ ।

3 years अगाडी

नेपालको राजनैतिक इतिहासमा नेपाली काङ्ग्रेस सवै भन्दा जेठो पार्टी हो। यस्को स्थापना ९ अप्रिल १९५०मा २ पार्टीको सहमतिमा बिपि कोइरालाको नेत्रित्वमा भएको थियो। बिपि कोइराला, सुबर्ण शम्शेर, गणेश मान शिँह, क्रिश्न प्रसाद भट्टराइ, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला, शेर बहादुर देउवा लगायत अन्य नेताहरु येस पार्टिका आदर्श ब्यक्तित्वहरु हुन। आज सम्म नेपालमा भएका हरेक आन्दोलन र परिबर्तनको मुलबाहक भएकै कारणले, पनि सदैव अफ्ठ्यारा परिस्थिमा देशलाइ निकाश दिने मामलामा सदैव अग्रपङ्तिमा रहँदै आएको कुरा सर्वबिधितै छ।

आज सम्म नेपाली काङ्ग्रेसका जति पनि सभापती भय सवै महाधिबेशनको माध्यम्बाट सहमति, सहकार्य अथवा निर्वाचनकै माध्यम बाट भएका छन जुन लोकतन्त्रको सुन्दर पक्ष हो र आम कार्यगर्ताले गर्व गर्नु पर्ने बिषय पनि। नेपाली काङ्ग्रेस नेपालको सवै भन्दा ठुलो लोकतान्त्रिक पार्टी भएको कारणले पनि रास्टको उन्नति, प्रगति, बिकाह्स र सम्भिदानको रक्ष्या गर्ने अबिभारा यसको रहन्छ। अहिलेको नेपाली राजनीति जुन गम्भिर परिस्थितिबाट गुज्रिरहेको छ, न्यायलयको निर्णयको उछ सम्म्मान गर्दै निकाश दिने जिम्मेवारी पनि यस पार्टीको रहन्छ। अहिले कम्मुनिस्ट पार्टीले संबिधानको मुल मर्म बिपरित बढाएका कदम लोकतन्त्र माथिकै खतराको सुचक हुन सक्छन, यो बिषयमा नेपाले काङ्ग्रेस गम्भिर रहन जरुरी छ। नेपाली काङ्ग्रेस लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी भएको कारणले पनि थुप्रै युवाहरु देश तथा बिदेश बाटै बिभिन्न सुबेछुक तथा भात्रि सङठनको माध्यम बाट जोडिएका हुन्छन।

त्यसैले, इतिहास पल्टाएर हेर्दा, सवै भात्रि एवँ सुबेक्छुक सँस्थाको समयमै माधिबेशन गराउनु पर्ने चुनौतिमा केहि चुकेको भने देखिन्छ, तर पनि सहमतिको आधारमा अथवा निर्वाचनको माध्यम बाट ढिलो भएपनि कार्यसमिति आएको पाइन्छ। बास्तवमा भन्ने हो भने मुल पर्टीको चाहना सवै भात्रि एवँ सुबेक्छुक सँस्थालाइ जनहित र पार्टीको सहयोगको लागिनै स्थापनि गरिएको हुनाले त्यसैमा प्रयोग गर्नु नै हुन्छ तर बिडम्बना सँसार भरि रहेर सङठनलाइ हरेक हिसावले टेवा पुर्याउन सक्ने जनसम्पर्क समितिहरुको हकमा भने मुल पार्टी चरम लापर्बाही र नजर् अन्दाज गरेको देखिन्छ। यहा रहेका जनसम्पर्क समितिहरुमा चरम बिवाद देख्दा देख्दै पनि समाधान गर्न तेति चासो देखाएको पाइदैन। यसमा चासो न दिनुमा पनि सम्बन्धित सो घोसित प्रतिनिधिकै दवाव देखिन्छ।

पार्टीले बुझ्नु पर्ने कुरा के हो भने, येस्ता गतिबिधि बाट केवल सम्बन्धित ब्यक्तिहरुलाइ मात्र लाभ हुन्छ पार्टी र इमान्दार कार्यकर्तालाइ घाटानै हुन्छ। क्यानडा, अमेरिका, अस्ट्रेलिया , बेल्जिएम लागयतका देशहरुमा चरम विवाद रहेको देखिन्छ। ई प्रतिनिधि देश मध्य क्यानडाको हकमा बोल्नु पर्दा माथी उल्लेख गरे बमोजिम नै केही ब्यक्तिकै लाभको निमित्त यसलाइ क्रिडा स्थल बनाइदै छ, यस बाट न माओ पार्टीलाइ लाभ छ न त यह बसोबास गर्दै आएका आफ्नो उर्जाशिल समय नेपाली काङ्ग्रेसको भात्रि सङठनको हितमा समर्पण गरेर आएका लोकतन्त्र बादिहरुलाइ नै। यहा रहेको चरम विवादकै कारणले आजको मीति सम्म पनि कोही क्यानडा बाट नेपाली काङ्ग्रेसको तर्फबाट भाग लिन न गएको बिषय सबैलाइ अवगत नै छ।

यो, सवै एक भएको खन्दमा मात्र सम्भव छ, र यो वातवरन श्रिजना गर्न जन सम्पर्क समिति समन्य बिभाग र नेपाली काङ्ग्रेसले गम्भिरता पूर्वक ठोस कदम चाल्ने छ भन्ने अपेक्षा गरेका छौ।

यो, लेख लेख्नुको मुल उदेश्य नेपाली काङ्ग्रेसलाइ धेरै माया, अनि बिश्वाश गर्नु हो। नेपाली काङ्ग्रेसमा मौलाएका बिक्रिति र बिशङ्गतिलाइ पार्टी समक्ष पुर्याउनु नै हो। हामी लोकतन्त्र बादिहरु सदैव सबल, सक्षम र बलियो सङ्गठन बलियो नेपाली काङ्ग्रेस नै चाहन्छौ। सवैको जय होस,जय नेपाल।                                    लेखक :
निरन्जन थापा
पुर्वमहामन्त्री , नेपाली जनसम्पर्क समिती क्यानाडा

          February 8, 2021 12:43 pm | प्रवास,राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...