पत्रकार आपतकालीन अक्षयकोषका लागि पत्रकार महासंघ कुवेतद्वारा आर्थिक सहयोग
कुवेत – नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ।नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि नेपाली रुपैंया १,११,१११(एक लाख एघार हजार एक सय एघार )हस्तान्तरण गरेको हो।
फेब्रुअरी ८,२०२१का दिन नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले उक्त रकम केन्द्रका लेखापाल भुबन कार्किलाई हस्तान्तरण गरेका थिए।उक्त अबसरमा केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महसंघ कतारका पूर्ब अध्यक्ष गणेश प्रसाद बन्जाडे, सदस्य महेश्वर नेपाल लगाएतको उपस्थिती थियो।
नेपाल पत्रकार महासंघले स्थापना गर्न लागेको यो पत्रकार आलतकालीन अक्षयकोषबाट आर्थिक रुपमा समस्यामा परि उपचार गर्न नसकेका लगाएत आपतकालीन रुपमा पर्ने गरेका पत्रकार वा उनिहरुको परिवारलाई सहयोग गरिने छ।केन्द्रको यो पत्रकार आपतकालीन कोषका लागि महसंघ यूकेले २० लाख नेपाली रुपैया सहयोग गरि सकेको छ भने अन्य वैदेशिक शाखा तथा नेपालका विभिन्न जिल्ला शाखाहरुबाट सहयोग आउने क्रम जारी छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर