विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेकाे बहुमत नपुग्ने
रुपन्देही – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ ।
दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उहाँ दुवै समूहमा खुल्नुभएको थिएन । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सक्नुभएको छ ।
नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीकाे गाडी दुर्घटनामा ज्यान गएपछि उहाँकी पत्नी विमला उपचुनावमा विजयी हुनुभएको थियो ।
वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्रै भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उज्यालो 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार