कुवेतमा कार्यरत नेपाली श्रमिक राधा धिमालको मृत्यु।
कुवेत/ झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्यु भएको हो।
नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा प्राप्त भई सकेको छ।सिलवालले थपे”मृत्युको कारण सहित अन्य जानकारी आउन बाँकी रहे पनि मृतकको विवरण हेर्दा श्रम नगरिकन अबैधानिक रुपमा कुवेत प्रबेश गरेको देखिन्छ।दूताबासले मृतकको परिवारसंग समन्वय गरेर उनको लाश पठाउने देखी अन्य कानुनी प्रकृयामा सहजिकरण गर्न शुरु गरिसकेको छ।”
४५ बर्षिय मृतक राधा धिमालको श्रीमान बैदेशिक रोजगारिकै क्रममा साउदी अरब र छोरो कतारमा कार्यरत रहेको झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालले बताएका छन।राजु धिमालका अनुसार मृतक राधा धिमाल बिगत ८ महिनादेखि आफ्नो स्पोन्सरको घर छोडि लुकी-छिपी (अबैधानिक) कागजात बिहिनको रुपमा काम गर्दै आएकी थीइन।
titopati.com
May 6, 2021 12:33 pm | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो