रुसकाे एक विद्यालयमा गाेली चल्दा सात बालबालिकासहित नाै जनाकाे ज्यान गयाे
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – रुसमा एक विद्यालयमा गोली चल्दा सात बालबालिका र शिक्षक गरी कम्तीमा नाै जनाकाे ज्यान गएको छ । घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
राजधानी मस्को भन्दा आठ सय २० किलोमिटर पूर्वमा रहेको काजन सहरमा याे घटना भएको हो । विद्यालयमा भएको गोली प्रहारको घटनाप्रति दुःख व्यक्त गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बन्दुकसम्बन्धी कानुनको समीक्षा गर्ने बताउनुभएको छ ।
विद्यालयमा गोली चल्दा बालबालिकामा भागदौड मच्चिएको थियो । केही बालबालिका झ्यालबाट हाम फाल्दा पनि ज्यान गएको छ । गोली चलाउने दुई जना बन्दुकधारीमध्ये एक जना सुरक्षा कारबाहीमा मारिएको बीबीसीले जनाएको छ ।
घटनाबारेमा अनुसन्धान भइरहेको पनि राष्ट्रपति पुटिनले बताउनुभएको छ । उज्यालो
May 12, 2021 1:10 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...