अरब सागरमा विकसित सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना, सचेत रहन आग्रह
काठमाण्डाै – अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
माैसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । यस्तै ‘तौ ते’ नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।
आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक/दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।
‘तौ ते’ समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ । गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा यो आँधीको असर पर्ने त्यहाँको मौसम विभागले जनाएको छ । यी राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ । तमिलनाडुमा ठूलाे वर्षाको पनि अनुमान गरिएको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड