Saturday 4th May 2024

अरब सागरमा विकसित चक्रवातको असर नेपालमा बिहीवारसम्म नै रहने

3 years अगाडी

काठमाण्डाै – अरब सागरमा विकसित चक्रवातको असर नेपालमा पर्सीसम्म नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलवार (आज) दिनभरि नै काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।अहिले मुगु, नवलपरासी, चितवन, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङ र झापा लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा आज दिउँसो हल्का पानी परेको छ । फेरि पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयाे । बुधवार (भोलि) काठमाण्डौमा केहीबेर घाम लागे  पनि फेरि बदली हुने उहाँकाे भनाइ छ । बिहीवार (पर्सी) पनि देशभरकै मौसम यस्तै रहनेछ ।
विशेषगरी पश्चिमी क्षेत्रमा चक्रवातको असर धेरै पर्ने अनुमान छ । यस्तै मौसममा आएको खराबीका कारण हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकोले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ ।  उज्यालो

          May 18, 2021 9:45 pm | टप,समाचार,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...