Tuesday 10th February 2026

सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई

5 years अगाडी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले  सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

सर्वोच्च अदालतले बिहीवार रिट निवेदनको अन्तिम टुङ्गाे नलागेसम्म गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै काम कारबाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो । उज्यालो

प्रधानमन्त्री ओलीको आजको सिफारिसअनुसार ती मन्त्रालयको  कार्यभार उहाँलाई तोकिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

          May 21, 2021 5:52 pm | राजनीति,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...