

गल्ती सच्याउँदै राजासहितको प्रजातन्त्र अनुसरण गरौँ: राप्रपा नेता राणा

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति समशेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाउँदै राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गर्नुपर्ने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको साँठगाँठले संविधानको धज्जी उडाएको र संविधानको पूर्ण अवमुल्यन भएको उनको भनाइ छ ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ। दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ,’ राणाले भनेका छन् ।
‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो। यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो’ उनले भने ।
राणाले विश्वमा राजासहितका सफल प्रजातान्त्रिक मुलुकको अनुसरण गरेर नेपालमा पनि सोही अनुरुपको शासन व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । विगतको गल्ती सच्याउँदै राजासहितको प्रजातन्त्र स्थापना गर्नुपर्ने उनको तर्क छ ।
उनले भनेका छन् ‘विश्वका सफल अभ्यास अनुकूल राजासहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन।’
कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा भएको भन्दै राणाले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरे ।
May 23, 2021 12:05 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

