प्युठानमा आमा, छाेरी र छाेरा मृत अवस्थामा भेटिए
दाङ – प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन् । स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीया गायत्री सुनार, सात वर्षीया छोरी र तीन वर्षीय छोराको शव प्युठान नगरपालिका वडा नम्बर १ चेरनेटा जङ्गलमा सालको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
साेमवार (हिजो) दिउँसो माइतीमा आमा भेट्न जान्छु भनेर हिँडेकी गायत्री र छोराछोरीको शव झुन्डिएको अवस्थमा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएको देखिएको छ ।
दाङमा पनि दुई जना मृत भेटिए
यस्तै दाङमा पनि दुई जना मृत अवस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षीय रेखबहादुर घर्तीसँगै एक महिला झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । गएको शनिबार घरबाट निस्किएका घर्तीको शव केही पर आँपको रुखमा झुन्डिएको अवस्थामा आज भेटिएको हो । उज्यालो
May 25, 2021 9:37 pm | समाचार,सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी