

‘यास्’ चक्रवात न्यून चापीय क्षेत्रमा परिणत, नेपालमा केही दिन असर देखिने

काठमाण्डाै – बङ्गालको खाडीमा विकास भएको ‘यास्’ नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार (आज) विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जनाएको छ ।
चक्रवातको प्रभावले शनिवारसम्म केही ठाउँमा ठूलो पानी तथा हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपात हुने सम्भावना रहेकोले सचेत रहन विभागले आग्रह गरेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जनाएका छन् ।
‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च वेगको हावाहुरीसमेत चल्न सक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्न र नगराउनु हुन अनुरोध छ’, विभागले भनेकाे छ ।
यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ । उज्यालो
May 27, 2021 11:22 pm | सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

