खाडी र मलेसियाबाट आउने श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्न पर्ने
काठमाण्डौ – खाडीको देश मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।
नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।
आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको छ । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ ।
यस्तो छ अन्य यात्रुका लागि तोकिएको मापदण्ड
आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वरेण्टीन अनिवार्य गरिएको छ ।
आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ ।
१० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् ।
आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टीनमा बस्नपर्छ ।
सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो ।
पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ | उज्यालो
June 1, 2021 11:57 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी