

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

काठमाण्डाै – नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले वर्षा केही बढ्न थालेको र आउँदाे हप्तादेखि भने ठाउँ–ठाउँमा ठूलाे वर्षासमेत हुने जानकारी दिनुभयो ।
‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले थप्नुभयो, ‘वर्षा बिस्तारै बढ्न थालेको छ, आउँदाे हप्ता ठाउँ–ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउन सक्छ, सचेत हुन अनुरोध गर्दछु ।’ उहाँका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।
मौसमविद् गङ्गा नगरकोटी अहिले देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको बताउनुहुन्छ । त्यसैले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा पनि वर्षा भएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।
सामान्यरूपमा गएकाे १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आउँदाे आइतवार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुन सक्छ ।
प्राप्त विवरणअनुसार आज दुई सय १४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित एक सय २९) मा मापन गरिएको गएकाे २४ घण्टाको वर्षाको विवरणअनुसार एक सय आठ केन्द्रमा वर्षा भएको छ । ती केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा एक सय १२ मिलीमिटर भएको छ । उज्यालो
June 10, 2021 8:25 pm | समाचार,सुचना

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

