यसपालीको एन आर एन ए क्यानडाको निर्वाचनमा महिलाहरुको सहभागीता।
5 years अगाडी
Niranjan Thapa

आज एन आर एन ए क्यानडाको सदस्यता बितरण गर्ने समय अवधी सकिए सङ्गै, ४००० सदस्य सँख्या नाघेकोमा सरोकारवलाहरु अत्यन्त उत्साहित र हर्शित भयको पाइन्छ। नेपालीहरुको एक मात्र साझा संस्था एन आर एन ए क्यानडाको बिगत हेर्दा, यसमा न्युनतम महिलाहरुको सहभागिता रहँदै आयको हामी सवैलाइ अवगतनै छ। अहिलेको २१औं सताब्दि, त्यो पनि योउटा विकसित राष्ट क्यानडामा, सुन्दा अनौठो लाग्ला तर यो नै आज सम्मको वास्तबिकता हो।
यद्धपि यो पटक भने केही हद सम्म भय पनि महिला दिदि-बहिनिहरुको बोर्डमा सहभागित हुने सम्भावनाले धेरै महिला दिदिबहिनीहरुलाइ उत्साहित बनाएको जान्कारी पायका छौँ। बिगत केही बर्ष देखि, पेसाले रजिस्टर नर्स, हाल टोरोन्टोको नर्थ योर्कमा बस्दै आउनु भयकी सुनिता केसीले महिला दिदि-बहिनिहरु र मेडिकल प्रोफेसनको प्रतिनिधित्व गर्दै सवै टोरोन्टो वासीको भावनाको उच्च कदर गर्दै आफुले उमेद्वारी दिने जान्कारी गराउनु भयको छ, यस्तै अहिले स्कारबोरो बाट मन्जु अर्यालज्यु र ब्र्याम्प्टन क्षेत्र बाट सङ्गीता जीसीजीको उमेद्वारी रहने कुराले आफु उत्साहित रहेको जानकारी गराउनु भएको छ। उहाँले थप अरु भेग बाट पनि महिला दिदि बहिनिहरुले उमेद्वारी दिन सक्ने बताउनु भयको छ।उहाँले भन्नु भयो, आशा गरौँ यस पटक एन आर एन य क्यानडाको बोर्ड मेम्बरमा धेरै भन्दा धेरै महिलाको उपस्थिति रहोस।
भर्खर भएको संवादमार्फत सङीता जीसीज्युले उमेद्वारी दिनु भएका सम्पूर्ण नेपाली दिदिबहिनिहरुलाइ सफलताको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्नु भएको छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
Loading...