लोकतन्त्रको रक्षाका लागि विशेष भूमिका खेल्न सभामुखलाई विपक्षी दलका शीर्ष नेताको आग्रह
काठमाण्डौ – पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । छलफलपछि जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुले लोकतन्त्रको रक्षाका लागि पर्न सुझाव दिएको बताउनुभयो ।
छलफलका क्रममा नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन गरेकाले सर्वोच्च अदालतले पुनर्स्थापना गर्नुपर्ने समेत बताएका थिए । त्यस्तै बैठकमा नेताहरुले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने र चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।
बैठकमा सभामुख सापकोटाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थमा त्यहीँबाट सही निकास होस् भन्ने अपेक्षा आफ्नो रहेको बताउनुभएको थियो । छलफलका क्रममा उहाँले लोकतन्त्रको रक्षाका लागि आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभएको छलफलमा सहभागी नेताहरुले बताएका छन् । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन