विदेशमा बस्ने नेपालीहरु द्वारा दाङ देउखुरीका २ ओटा अस्पताललाइ सहयोग

निरन्जन थापा, जुना १५, क्यानडा। देउखुरीमा रहेका २ वटा अस्पताललाई क्यानडा, अमेरिका, अस्ट्रेलिया, लगायत अन्य देशमा बस्दैआएका नेपालीहरुले अक्सिजन कन्सनेट्रेटर र सर्जिकल बेड सहयोग गरेको छन । लमही नगरपालिका वडा नम्बर ५का स्थाइ निवासी हाल क्यानडामा बस्दै आएका नेपाली जनसम्पर्क समिति क्यानडाका पुर्ब महामन्त्री निरन्जन थापाको आयोजनामा गरिएको गो-फन्ड कार्यक्रम मार्फत आफू , सन्जिब शर्मा , सिबु भट्टराई , महिला चौतारी क्यानडा , दिपेन्द्र चौधरी , भाबेश जिसी, सोनम थापा लगाएत, देश बिदेशमा रहेका अन्य साथीहरु मार्फत आर्थिक संकलन गरि रु २,६०००० अक्षरुपि ( दुई लाख साठी हजार ) बराबरको सामाग्री सहयोग गरेका छौँ ।
स्वास्थ्य सामाग्रीहरु लमही अस्पतालमा अक्सिजन कन्सनेट्रेटर २ थान , सर्जिकल बेड २ थान लमही नगरपालिका प्रमुख कुल बहादुर केसि , उप प्रमुख देबका बेल्बासे र लमही अस्पतालका मे.सु रन्जिता महतोलाई तेसैगरि सिसहनिया स्वास्थ्य चौकिका लागि १ थान अक्सिजन कन्सनेट्रेटर राप्ती गाउपालिका वडा नम्बर ५ का अध्यक्ष गोबर्धन रावत र डा.रेगन सिंह थापा लाई थापाका बुवा नरेन्द्र बहादुर थापा , लमही अस्पताल ब्यबस्थापन समितिको सदस्यआमा पार्बती देबि थापा , युबा व्यावसायि तथा नेपाल तरुण दल राप्ती गाउपालिकाका अध्यक्ष आशिष पौडेलले हस्तान्तरण गरेका हुन ।
साभार शिभराज खनाल/ जेष्ठ ३१, दाङ।
June 15, 2021 11:26 pm | टप,समाचार,समाज,सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा