सिन्धुपाल्चाेक : इन्द्रावती र मेलम्चीमा आएकाे बाढीमा हराएकामध्ये एक जनाकाे शव भेटियाे
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा हराएकामध्ये एक जनाको शव भेटिएको छ भने आठ जना हराइरहेका छन् । बाढीमा बगेर हराएकाहरू जीवितै भेटिने सम्भावना कम भएको स्थानीयवासीले बताएका छन् । बाढीमा फसेकामध्ये ४३ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । केहीलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिएको छ ।
हेलम्बु र पाँचपोखरीका फरक दुई नदीबाट उर्लिएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित ठूलो क्षति गरेको छ । बाढीले सयौँ घरटहरा, कृषि फर्म, सवारी साधन, सडक लगायत संरचना बगाएको हो । बाढीले मेलम्ची नगरपालिकाको सिटी पार्कको चिह्नसमेत नराखी बगाइदिएको छ । १२ करोड लगानीमा निर्माणाधीन सिटी पार्क उद्घाटनकाे तयारीमा थियो ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र प्रमुख व्यापारिक केन्द्र मेलम्ची जोड्ने पक्की पुल बाढीले बगाएको छ । बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडवक्स स्थलमा पनि क्षति पुर्याएकाे छ ।

हिजो खोलामा बाढी आएदेखि बन्द भएको विद्युत् आपूर्ति अझै पनि सञ्चालन हुन सकेको छैन । सञ्चार विच्छेद हुँदा मेलम्ची बजारमाथिको अवस्था र क्षतिबारे यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पर्यटकको प्रमुख आकर्षण रहेको इन्द्रावती र मेलम्ची करिडोरका कराेडौँ लगानीका ट्राउट माछा फार्म सबै बगाएको छ । करिडोर नजिक रहेका रिसाेर्टका भवनसहित सबै सामग्री इन्द्रावतीमा विलय भएको पीडित द मेलम्ची भ्यु रिसोर्टका सञ्चालक लक्ष्मण गौतमले बताउनुभयो ।
बाढी हिजो बेलुका ६ बजेदेखि बढेको हो । घाम हुँदै बाढी आएकाले स्थानीयले थाहा पाएकाले मानवीय क्षति कम गराउन सके पनि धेरै संरचना बाढीको सिकार भए । मेलम्चीको ह्योल्मो बसपार्क पूरै डुबाउँदा सवारी साधन र बसपार्कमा रहेका होटलहरूको निसानासमेत देखिँदैन ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु र चनौटे बजार पनि डुबानमा परेको छ । आयोजनामा फसेका ३७ जना कामदारलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
एक सय ४५ जनाको ज्यान जाने गरी २०७१ सालमा गएको जुरे पहिरोपछि सिन्धुपाल्चोकमा बर्सेनि जस्ताे विपत्ति आइरहेका छन् । उज्यालो
June 16, 2021 5:57 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत